सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री

मङ्गलबार, ०७ चैत २०७९, १३ : ४३
मङ्गलबार, ०७ चैत २०७९

मुम्बई । ‘पठान’ को कीर्तिमानी सफलतापछि अब अभिनेता शाहरुख खान ‘जवान’ बाट धमाका मच्चाउने तरखरमा छन् । फिल्ममा बलिउडका ठूला सुपरस्टारले क्यामियो रोल गर्ने खबर बाहिर आएको छ । 

केही अगाडि पुष्पा अभिनेता अल्लु अर्जुनलाई यो फिल्मको केमियोका लागि अप्रोच गरिएको थियो । समय अभावका कारण उनले फिल्म गर्न अस्वीकार गरे । यस्तैमा फिल्ममा सञ्जय दत्तको प्रवेश भएको खबर बाहिर आएको छ ।

मिडिया रिपोर्टका अनुसार सञ्जय दत्त आफ्नो चलिरहेको फिल्म लियो इन कश्मीरको सुटिङबाट मुम्बई फर्केर ‘जवान’ को छायाङ्कनमा जुटेका छन् । ‘जवान’ मा उनको भूमिका एक्सनले भरिपूर्ण रहनेछ ।

एट्ली निर्देशित जवानमा किंग खानबाहेक सान्या मल्होत्रा र विजय सेतुपति मुख्य भूमिका रहेको छ । यस अगाडि पनि सञ्जय र शाहरुखले कहिल्यैसँगै पूर्ण फिल्म गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप