शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री
मङ्गलबार, ०७ चैत २०७९, १३ : ४३
मुम्बई । ‘पठान’ को कीर्तिमानी सफलतापछि अब अभिनेता शाहरुख खान ‘जवान’ बाट धमाका मच्चाउने तरखरमा छन् । फिल्ममा बलिउडका ठूला सुपरस्टारले क्यामियो रोल गर्ने खबर बाहिर आएको छ ।
केही अगाडि पुष्पा अभिनेता अल्लु अर्जुनलाई यो फिल्मको केमियोका लागि अप्रोच गरिएको थियो । समय अभावका कारण उनले फिल्म गर्न अस्वीकार गरे । यस्तैमा फिल्ममा सञ्जय दत्तको प्रवेश भएको खबर बाहिर आएको छ ।
मिडिया रिपोर्टका अनुसार सञ्जय दत्त आफ्नो चलिरहेको फिल्म लियो इन कश्मीरको सुटिङबाट मुम्बई फर्केर ‘जवान’ को छायाङ्कनमा जुटेका छन् । ‘जवान’ मा उनको भूमिका एक्सनले भरिपूर्ण रहनेछ ।
एट्ली निर्देशित जवानमा किंग खानबाहेक सान्या मल्होत्रा र विजय सेतुपति मुख्य भूमिका रहेको छ । यस अगाडि पनि सञ्जय र शाहरुखले कहिल्यैसँगै पूर्ण फिल्म गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण