रोकिएका कलेजमा तत्काल स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको माग
काठमाडौँ । अनेरास्ववियुले रोकिएका क्याम्पसहरूमा तत्काल स्ववियु निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसहरूमा तत्काल निर्वाचन गराउन माग गरेको हो ।
आइतबार देशभरका करिब ३०० क्याम्पसहरूमा निर्वाचन सम्पन्न भएको छ । अझै एक सयको हाराहारीमा क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल निर्वाचन गराउन माग गरेको हो । स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक शान्ति सुरक्षा प्रदान गर्न समेत सरकारसँग माग गरेको छ ।
सम्पन्न स्ववियु निर्वाचनले आफूहरूलाई थप उत्साहित बनाएको अनेरास्ववियुले जनाएको छ । विभिन्न गठबन्धनहरुलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी रूपमा आएको परिणामले आफूहरूलाई थप शक्ति र हौसला प्रदान गरेको जनाएको छ ।
यसले नेपाली विद्यार्थी आन्दोलनलाई ऊर्जा थपेको अनेरास्ववियुको ठहर छ । गठबन्धन मुलुकको अस्थिरता र विकासको बाधक हो भन्ने सन्देश स्ववियु निर्वाचनको परिणामले देखाएको अनेरास्ववियुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण