आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएका कलेजमा तत्काल स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको माग

मङ्गलबार, ०७ चैत २०७९, १५ : ३५
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । अनेरास्ववियुले रोकिएका क्याम्पसहरूमा तत्काल स्ववियु निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसहरूमा तत्काल निर्वाचन गराउन माग गरेको हो । 

आइतबार देशभरका करिब ३०० क्याम्पसहरूमा निर्वाचन सम्पन्न भएको छ । अझै एक सयको हाराहारीमा क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल निर्वाचन गराउन माग गरेको हो । स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक शान्ति सुरक्षा प्रदान गर्न समेत सरकारसँग माग गरेको छ । 

सम्पन्न स्ववियु निर्वाचनले आफूहरूलाई थप उत्साहित बनाएको अनेरास्ववियुले जनाएको छ । विभिन्न गठबन्धनहरुलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी रूपमा आएको परिणामले आफूहरूलाई थप शक्ति र हौसला प्रदान गरेको जनाएको छ । 

यसले नेपाली विद्यार्थी आन्दोलनलाई ऊर्जा थपेको अनेरास्ववियुको ठहर छ । गठबन्धन मुलुकको अस्थिरता र विकासको बाधक हो भन्ने सन्देश स्ववियु निर्वाचनको परिणामले देखाएको अनेरास्ववियुको भनाई छ ।

aa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप