बारा–२ मा उपेन्द्र यादवविरुद्ध उम्मेदवार तयार गर्दै सीके राउत
काठमाडौँ । बारा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने तयारी गरेको छ ।
बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।
बारा–२ मा जसपाका अध्यक्ष यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला जनमत पार्टी भने छुट्टै उम्मेदवार उठाउने तयारीमा जुटेको हो ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बारा–२ मा आफ्नो पार्टीबाट उम्मेदवारी पर्ने बताए । उनले भने, ‘गठबन्धन सरकार बनाउनका लागि बनेको हो, चुनाव गराउनका लागि होइन, गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गर्न लाग्दा हामीले पनि आफ्नो कुरा राख्नेछौं । हाम्रो दलका लागि सहमति नभए पनि उम्मेदवार उठाउँछौं ।’
उपराष्ट्रपतिको निर्वाचनमा पनि आफूहरूले दाबी गरेको उल्लेख गर्दै उनले सोही अनुसार ममता झा उम्मेदवार रहेको बताए । उपनिर्वाचनमा पनि जनमत पार्टीले आफ्नो उम्मेदवार उठाउने उनको भनाइ छ । क्षेत्रमा पकड भएको नेतालाई उम्मेदवार बनाउने गरी जनमतले तयारी गरिरहेको छ ।
जनमत पार्टीले बुधवार बारामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस, जसपा, लोसपालगायत केही नेता तथा कार्यकर्ताहरू जनमतमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । बुधवार पार्टी प्रवेश गर्ने नेतामध्ये एक जनालाई उम्मेदवार बनाउने जनमत पार्टीका एक नेताले बताए ।
मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । उपनिवाउपेन्द्र यादव पुनः बारा २ बाट चुनाव लड्दैछन् । बारा २ मा यादव उम्मेदवार भएमा लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलसँग छुट्टै चुनावी गठबन्धन गरिने जनमत पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण