होटल पौवाले पोखरमा खोलेको ११औं शाखाले सुरु गर्यो सेवा

पोखरा । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय सहर पोखराको लेकसाईडमा आफ्नो सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको हो ।
पौवाको ११औ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उद्घाटन गर्नेछन् । शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन् बढी मारमा पर्यो । तर, पछिल्लो समय बिस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन्,’ ज्ञवाली भने ।
‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले थपे, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आफूहरूको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं । हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिबद्धता जनाउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीमा उपप्रमुखमाथि हातपातको प्रयास, कार्यकक्षमा उपमेयरका श्रीमान पनि कुटिए
-
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
-
अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, तोकियो ३० वर्षको जेल सजाय
-
करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’
-
प्रधानमन्त्रीले केही समयपछि चीन भ्रमण गर्नुहुन्छ : सापकोटा