वडा अध्यक्षले कार्यालयमै कुटे कर्मचारीलाई
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक जना वडा अध्यक्षले एक कर्मचारीलाई कार्यकक्षमै हातपात गरेका छन् । कटहरिया–९ का वडाअध्यक्ष रुपेश कुमार यादवले जिन्सी फाँटका कर्मचारी सन्तोष जैसवाललाई हातपात गरेका हुन् ।
बुधबार दिउँसो कार्यालय समयभित्रै वडा अध्यक्ष यादव जिन्सी फाँटमा प्रवेश गरी जैसवाललाई एक्कासी लछारपछार गर्दै हातपात गरेका हुन् । अपराह्न केही मानिस लिएर आएका वडा अध्यक्ष यादवले जिन्सी फाँटमा प्रवेश गरी गालीलौज गर्दै आफूलाई कुर्सीबाट पछारेर हातपात गरेको पीडित जैसवालले बताएका छन् ।
कटहरिया नगरपालिकाले केहीदिन अघि मगाएको दुई वटा सोलारबत्ती मेयर जयप्रकाश जैसवालको निर्देशन अनुसार जमुनिया विद्यालय र डुमरिया विद्यालयमा जडान गरिएको थियो । सोही सोलार जडानबारे वडा अध्यक्ष रुपेश कुमार यादवले फोनबाट सोधेपछि मेयरको आदेशमा दुवै सोलार बत्ती जडान भइसकेको जानकारी आफूले गराएको उनले बताए । फोनमा कुरा गरेको एकघण्टा भित्रै कार्यालयमा आएर ‘मेरो वडा कार्यालयमा सोलार बत्ती किन जडान गरिनस्’ भन्दै आफूमाथि हातपात तथा दुर्व्यवहार गरेको जैसवालको भनाइ छ ।
उनले आफूमाथि भएको कुटपिट तथा दुर्व्यवहारका बारेमा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएको पनि बताए ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले नेपाल सरकारको कर्मचारीमाथि जनप्रतिनिधिबाटै हातपात हुनु दुर्भाग्यपूर्ण घटना भएको बताए । घटनामा संलग्न जो कोही माथि पनि कडाभन्दा कडा कारबाही हनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण