सिभिल अस्पतालका कर्मचारी आन्दोलित
काठमाडौँ । निजामती कर्मचारी (सिभिल) अस्पतालका आन्दोलित कर्मचारीले कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
अस्पताल व्यवस्थापनले एकोहोरो तवरबाट विज्ञापन गरिएको भन्दै अस्पतालका कार्यकारी निर्देशक विद्यानीधि पौडेलको कार्यकक्षमा तालाबन्दी गरेको हुन् ।
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मचारी महासंघ र डाक्टर्स एसोसियसन अर्फ सिभिल अस्पतालले फागुन १ गते प्रकाशित खुल्ला, सीमित कार्यसम्पदान मूल्याङ्कन आधारमा खुलाएको विज्ञानप्रति संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
आन्दोलन कर्मचारी विगतमा कर्मचारीको हितमा नियमावली संशोधन, तहमिलान, सेवा अवधि गणना गरी सम्मानजनक बढुवा लगायतको विषयमा भएको सहमतिको अस्पताल व्यवस्थापनले उपेक्षा गर्दै अगाडि बढेका कारण स्वास्थ्यकर्मी रिलेअन्सनसहित आन्दोलित गर्न बाध्य भएको डाक्टर्स एसोसियसनका अर्फ सिभिल अस्पतालका अध्यक्ष डा सुमनबाबु मरहठ्ठाले बताए ।
विज्ञापन खारेज गर्नुपर्ने, अदालतको फैसला अनुसार चिकित्सक र कर्मचारीको स्थायित्वको सुनिश्चितता गर्नुपर्ने, विनियमावलीको संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओएनएम गरेर विज्ञापन गर्नुपर्ने आन्दोलित कर्मचारीले माग गरेका छन् ।
वर्षौदेखि कार्यरत कर्मचारीको हित विपरीत विभिन्न पदमा ३ सय ५० भन्दा बढी कर्मचारी विज्ञापनको खारेजेको माग गरिएको भन्दै कर्मचारी आन्दोलित भएको उनले बताए ।
उता अस्पतालका कार्यकारी निर्देशक डा.विधाननीधि पौडेलले कर्मचारीको माग गम्भीर रहेको बताए । ‘नियम अनुसार कर्मचारी माग गरिएको छ । उहाँको मागअनुसार अगाडि बढ्नका लागि अस्पतालको एक्लो प्रयोगले हुँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण