सल्यानमा प्रभावकारी बन्दै एमालेको ‘मिसन ग्रासरुट’
सल्यान । पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट सल्यानमा प्रभावकारी देखिएको छ । जिल्लाको दश वटै स्थानीय तह स्थित गाउँवस्तीमा एमालेका केन्द्रीय प्रतिनिधिहरू खटिएका छन् । यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँ घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको एमाले सल्यानले जनाएको छ ।
मिसन ग्रासरुटका लागि सल्यानमा ६ जना केन्द्रीय प्रतिनिधिहरू खटिएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए । छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा बदमी बोहरा बुढा, शारदा र बनगाड कुपिण्डे नगरपालिकामा वीर बहादुर बम, कपुरकोट गाउँपालिकामा राम प्रसाद बराल र कालीमाटी गाउँपालिकामा चूडामणि शर्मा पार्टीको केन्द्रीय कमिटीबाट खटिएका छन् । यस्तै कुमाख र सिद्धकुमाख गाउँपालिकामा ठम्मर विष्ट, बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा मोहन बानियालाई पार्टीले खटाएको छ ।
पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भूमिका खेल्ने एमालेको विश्वास छ । अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरूमा स्थानीयहरूले पार्टीका नेता कार्यकर्तालाई नियमित रूपमा जनतासँग सम्पर्कमा रहन सुझाव दिने गरेको एमाले सल्यानका सचिव बुढाथोकीले बताए । जिल्ला तथा प्रदेशका नेताहरूलाई आफूहरूले फोन गरेको बेला उठाउन, पार्टी कमिटीका बैठकहरू नियमित राख्न, आफ्ना सुख दुखमा साथ दिन स्थानीयहरूले आग्रह गर्ने गरेको अभियानमा खटिएका प्रतिनिधिहरू बताउँछन् ।
पार्टी सदस्यता नवीकरण, विस्तार तथा टोल कमिटीलाई चलायमान बनाउनका लागि अभियान बढी केन्द्रित रहेको एमाले सल्यानले जनाएको छ । जनस्तरमा प्रभावकारी देखिएको एमालेको मिसन ग्रासरुट मार्फत समाजमा राम्रो सम्भावना भएका युवाहरू र सम्भावनायुक्त अन्य व्यक्तिहरूलाई पनि पार्टीमा सामेल हुन प्रेरित गर्ने गरेको जिल्ला सचिव बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण