धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए । तीन दिनदेखि सोही क्षेत्रमा बाघले आवातजावत गरिरहेको उनको भनाइ छ । सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीयवासी बासिन्दा त्रसित भएको उनले बताए ।
धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी थप त्रसित भएका छन् । नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु हो ।
बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयवासीले बताएका थिए । बाघ कराउँदै गरेको स्थानीयवासीले थाहा पाएपछि सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए । आज धनगढी–३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिँड्डुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएको वडाध्यक्ष ऐरले जानकारी दिए । उनले दैनिक जसो बाघ देखिएकाले नदी किनार तथा वन जङ्गल जाँदा सुरक्षित रहन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण