शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
दुःख र सुखको सङ्गम पशुपतिमा एक दिन (फोटो फिचर)

दुःख र सुखको सङ्गम पशुपतिमा एक दिन (फोटो फिचर)

शनिबार, ११ चैत २०७९

पशुपतिनाथको मन्दिर । नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ । 

पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ । विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य स्थल पनि हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ । 

पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजा स्थल पनि छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । साथै यो पावन स्थलमा बागमती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ ।

बिहानै पूजापाठ, मध्यान्ह पर्यटकहरूको चहलपहल, भक्तजनहरूको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ । त्यसैले त पशुपतिमा सबै छ र केही छैन । पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान् खोज्दै पुग्छन्, कोही भगवानसँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका पशुपतिनाथमा एक दिनको फोटोकथा आजको फोटोफिचरमा ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया