उत्तर कोरियाद्वारा पानीमुनि चल्न सक्ने आणविक ड्रोन परीक्षण

प्योङयाङ । उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने ड्रोनको पानीमुनि परीक्षण गरेको दाबी गरेको छ । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार यस हप्ता मंगलबार दक्षिण हमग्योङ प्रान्तको समुन्द्रमा यो 'गोप्य हतियार' परीक्षण गरिएको हो। रिपोर्टका अनुसार ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो, त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो।
किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् । केसीएनएले ‘हेल’ नामको यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठुलो मात्रामा रेडियोधर्मी तरङ्ग छोड्न सकिने दाबी गरेको छ । यो अन्डरवाटर ड्रोन कुनै पनि तट र बन्दरगाह वा जहाजमा तैनाथ गर्न सकिन्छ।
यदि उत्तर कोरियाको यी दावीमा सत्यता छ भने, यो ड्रोनले ठुलो विनाश निम्त्याउन सक्छ। कोरियाली प्रायद्वीपमा यतिबेला निकै तनाव छ । यसको मुख्य कारण अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
-
प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
-
‘ट्रक’ को ठक्करबाट एक युवकको मृत्यु
-
गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै
-
नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ
-
आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने