उत्तर कोरियाद्वारा पानीमुनि चल्न सक्ने आणविक ड्रोन परीक्षण
प्योङयाङ । उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने ड्रोनको पानीमुनि परीक्षण गरेको दाबी गरेको छ । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार यस हप्ता मंगलबार दक्षिण हमग्योङ प्रान्तको समुन्द्रमा यो 'गोप्य हतियार' परीक्षण गरिएको हो। रिपोर्टका अनुसार ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो, त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो।
किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् । केसीएनएले ‘हेल’ नामको यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठुलो मात्रामा रेडियोधर्मी तरङ्ग छोड्न सकिने दाबी गरेको छ । यो अन्डरवाटर ड्रोन कुनै पनि तट र बन्दरगाह वा जहाजमा तैनाथ गर्न सकिन्छ।
यदि उत्तर कोरियाको यी दावीमा सत्यता छ भने, यो ड्रोनले ठुलो विनाश निम्त्याउन सक्छ। कोरियाली प्रायद्वीपमा यतिबेला निकै तनाव छ । यसको मुख्य कारण अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण