राजनीति
माओवादीको पदाधिकारी बैठक सुरु
शनिबार, ११ चैत २०७९, १६ : १४
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् । नेताहरुबीच सामूहिक रुपमा तथा दुई पक्षीय वार्ताहरु भइरहेका छन् । तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन । यसले गर्दा प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ ।
आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकले माओवादीको बटमलाइन तय गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण