मुलुकमा अनैतिक, अमर्यादित र अशोभनीय गतिविधि बढे, जनताले विकल्प खोज्छन् : कमल थापा
भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरु प्रती आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन् ।
महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक, अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको बताए । काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्ट ,अनैतिक र असफल भनेर भनिएका दलहरूसँग सत्ता गठबन्धन बनाएर ब्रम्हलुटमा सङ्गै संलग्न हुनुले नयाँ उदय भएका दलहरूप्रतिको भरोसा पनि टुटेको विचार व्यक्त गरे ।
सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरूकै बाटोमा हिँड्ने कामले विकल्प दिन नसक्ने उनको दाबी थियो । जनतालाई जीवन धान्न गाह्रो भएको विषयले भन्दा पनि सत्ता रोहणको विषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको विचार व्यक्त गरे ।
मुलुक डरलाग्दो आर्थिक संकटतिर गइरहेकोमा चिन्ता व्यक्त गर्दै थापाले भने -'आर्थिक मन्दी बढ्ने क्रममा छ,कारोबार ठप्प प्राय छ, वित्तीय संकट गहिरिँदै छ, महँगी अनियन्त्रित छ, निर्यात छैन,उत्पादन छैन, रेमिट्यान्समा विचलन आए मुलुक धराशायी हुनेछ ' । सरकारसँग अहिलेको संकटबाट मुक्त हुने कुनै नीति,योजना कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार विरोधी भरपर्दो वैकल्पिक शक्ति खोजिरहेको र त्यो शक्ति राप्रपा नेपाल बनाउने अभियानलाई साथ दिन समेत आग्रह गरे ।
कार्यक्रममा पार्टीका नेताहरू माधव खत्री , शङ्खदेब, यबती कार्की, रामसुन्दर विष्ट लगायतले बोलेका थिए । भेलाले सागर बुढाथोकीको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल मध्यपुर -१ वडा समिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण