शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

आइतबार, १२ चैत २०७९, १५ : ५८
आइतबार, १२ चैत २०७९

बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत माग्नु पर्ने दाबी गरेका छन् । यतिमात्रै होइन नवाजले भाइ शम्सुद्दीन र आलियाबाट सय करोड भारु क्षतिपूर्तिको पनि मा गरेका छन् ।

नवाजुद्दिनको मानहानि केसमा ३० मार्चमा सुनुवाइ हुँदै छ । नवाजुद्दिनले याचिकामा उनका भाइ र श्रीमती आलियाको बयान सोसल मिडियामा राख्न रोक लगाउन माग गरेका छन् ।

नवाजको याचिकामा लगाइएका पाँच आरोप

१. नवाजले बताए अनुसार सन् २००८ मा जब उनका भाइ शम्सुद्दीनले आफू बेरोजगार भएको बताए तब उनले उनलाई आफ्नो म्यानेजर बनाए । उनले शम्सुद्दीनलाई इनकम ट्याक्स रिटर्न, अडिटिङ, जिएसटी फाइलिङजस्ता बसै काम हेर्न भने र आफू फिल्ममा केन्द्रित हुन थाल्यो ।

आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, एटिएम, साइन गरिएका चेक बुक, बैङ्क पासवर्ड, इमेल ठेगाना सबै कुरा आफ्ना भाइलाई सुम्पिएका थिए । यसैबीच उनका भाइले बेइमानी गर्न सुरु गरे र पैसाको हेरा फेरी गर्न थाले ।

२. फिल्ममा व्यक्त भएका कारण नवाजसँग आफ्नो कारोबारका लागि बैङ्कसँग सम्पर्क गर्ने समय थिएन । शम्सुद्दीनले नवाजको नाममा सम्पत्ति जोड्न लागेको बताएका थिए तर वास्तवमा उनले त्यो सम्पत्ति आफ्नै नाममा किनेका थिए । यो सम्पत्तिमा यारी रोडको एउटा फ्ल्याट, एउटा अर्ध व्यावसायिक सम्पत्ति। बुढानाको शाहपुरमा एक फार्म हाउस र दुबईको एउटा सम्पत्ति समावेश छ ।

३. जब नवाजले आफ्ना भाइसँग यसबारे सवाल जवाफ सुरु गरे तब उनले पूर्व प्रेमिका आलियालाई भड्काउन सुरु गरे ।

४. आलिया अर्थात् अञ्जना उनीसँग विवाह गर्नुअघि नै विवाहित थिए तर उनले आफूलाई अविवाहित बताएर उनलाई धोकामा राखिन् ।

५. वास्तविकताबारे थाहा भएपछि नवाज अचम्ममा परेका थिए । नवाजले आफ्ना भाइ र पूर्व श्रीमती दुबैमाथि २१ करोड भारु आर्थिक विचलनको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप