बारा–२ उपनिर्वाचन : कांग्रेसबाट राधेचन्द्र यादवको एकल नाम सिफारिस

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले संविधानसभाका पूर्वसदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बारा निर्वाचन क्षेत्र नं २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि यादवको एकल नाम सिफारिस गरेको हो ।
यसअघि हिजो आइतबार बसेको नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय कार्यसमितिले यादवको एकल नाममा सर्वसम्मत रूपमा निर्णय गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो । क्षेत्रको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले आज निर्णय गरेर यादवको नाम मधेस प्रदेश कार्यसमितिलाई पठाइएको छ ।
जिल्ला सभापति राजेश राय यादवद्वारा हस्ताक्षर गरिएको सो निर्णय पत्रको बोधार्थ नेपाली कांग्रेसका केन्द्रीय सभापति र केन्द्रीय कार्यालयमा समेत पठाइएको छ । राधेचन्द्र यादव २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ४ कार्यकाल बारा जिल्ला सभापति समेत हुन् । यादव नेपाली कांग्रेसभित्र पुराना र इमानदार नेता मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
-
चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्
-
भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद
-
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’
-
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान