मेक्सिकोमा सडक दुर्घटना, २१ जनाको मृत्यु
बिहीबार, ०१ जेठ २०८२, ११ : १४
सारांश
- मध्य मेक्सिकोको पुएब्ला राज्यमा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा तीन वटा सवारी साधन (ट्याङ्कर, बस र भ्यान) एक आपसमा ठोक्किएका थिए।
- १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो, र बाँकीको अस्पतालमा मृत्यु भयो।
- सिमेन्ट बोकेको ट्रकले भ्यानलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ।
मेक्सिको सिटी । मध्य मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले बताएअनुसार पुएब्ला राज्यमा कुआनोपालान र अुहाकुबिच रहेको राजमार्गमा बुधवार बिहान तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका थिए ।
१८ जनाले घटनास्थलमै ज्यान गुमाएको र बाँकीको अस्पतालमा मृत्यु भएको भनिएको छ । दुर्घटनामा अन्य कयौँ घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार ट्याङ्कर, बस र भ्यान जुधेका थिए । सिमेन्ट बोकेको ट्रकले भ्यानलाई ओभरटेक गर्न खोज्दा यो दुर्घटना भएको बताइएको छ ।
हालैका वर्षमा मेक्सिकोका सडकमा भयानक दुर्घटना बढेका छन् । फेब्रुअरीमा दक्षिण मेक्सिकोको ताबास्कोमा बस पल्टिँदा दर्जनौँ मान्छेको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण