बारामा आगलागीबाट छ घर–गोठ नष्ट
मङ्गलबार, १४ चैत २०७९, ०९ : ४५
बारा । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।
रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।
आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण