राम्रा तीन मन्त्रालयमा दाबी गर्ने एकीकृत समाजवादीको निर्णय, मन्त्रीको लाग्यो टुङ्गो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राम्रा र धेरै मन्त्रालय दाबी गर्ने भएको छ । आज बस्ने गठबन्धन बैठकमा राम्रा र धेरै मन्त्रालय दाबी गर्ने निर्णय गरेको सो पार्टीका नेताहरूले बताएका छन् । साथै सो पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडान राख्ने भएको छ ।
मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आफूहरूले दाबी गर्दै आएका तीन मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाले गठबन्धनमा आफूले पाउने मन्त्रालयको सङ्ख्या टुङ्गो लागेपछि सरकारमा पठाउने नेताहरूको नाम टुंग्याउने गरी छलफल भएको पनि बताए । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने समाजवादीले जनाएको छ ।
‘पहिला हामीले पाउने मन्त्रालयको टुङ्गो लाग्नुपर्यो, त्यसपछि मन्त्रीको नाम टुङ्गो लगाउने निर्णय भएको छ’, उनले रातोपाटीसँग भने, विकासे, सामाजिक र जनसम्पर्क हुने मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो अडान रहन्छ’, नेता ज्वालाको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयसहित तीन मन्त्रालय पाउनुपर्ने प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव पुर्याइसकेको छ । गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भए पनि तीन मन्त्रालयबाट घट्न नसक्ने मंगलबार प्रधानमन्त्रीलाई भेटेर नेताहरूले भनिसकेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृतलाई दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन् । यस्तै प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव गठबन्धन बैठकमा राख्ने तयारी सो पार्टीका नेताहरूको भनाइ छ ।
स्रोतका अनुसार एकीकृत समाजवादीले तीन मन्त्रालय पाए पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण