केदार न्यौपाने र चूडामणि जंगलीले छाडे एकीकृत समाजवादी
मङ्गलबार, १४ चैत २०७९, १५ : ३१
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राजीनामा स्वीकृत गरिएको बताए । दुबै जनाले मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए । तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।
एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपानेले पछिल्लो पटक एमालेसँग मिल्नुपर्ने लाइनमा अभिव्यक्ति दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण