नयाँ न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ १० दलको बैठकमा पेस

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा ड्राफ्ट प्रस्तुत गरेका हुन् ।
उक्त ड्राफ्ट साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए । यसअघि प्रचण्ड नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो । तर, गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो ।
यादवका अनुसार बैठक बुधवार बिहान ९ बजे फेरि बस्नेछ ।
यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ । यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेस गरेको छ भने लोसपाले २ वटा मन्त्रालय मागेको छ ।
बैठकमा दाबी प्रस्तुत गर्ने कार्य भएको र बुधवार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
-
सरकारको नीति तथा कार्यक्रममाथि प्रचण्डको टिप्पणी: संसदमा के–के भने ? (पूर्णपाठ)
-
नेकपा एकीकृत समाजवादीले बुझायो देशभरका पालिकामा ज्ञापनपत्र