प्रबल गुरुङको नेपाल यात्रा : चोभारको जलविनायक र दक्षिणकाली मन्दिर घुमघाम

नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यति बेला नेपाल भ्रमणमा छन् । उनले हालै चोभारको जलविनायक मन्दिर र दक्षिणकाली मन्दिर घुमाघाम गरेका छन् ।
उनले यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएका छन् ।
जलविनायक र दक्षिणकाली मन्दिरका तस्बिरहरू पोस्ट गर्दै उनले ‘बाचा’ भनेर क्याप्सन दिएका छन् ।
फेसन डिजाइनर प्रबल गुरुङले पोस्ट गरेका तस्बिरमा विभिन्न ढाँचा (प्याटर्न) हरु देख्न सकिन्छ । फेसन डिजाइनरको रूपमा उनले यहाँबाट पनि केही सिक्न खोजेको जस्तो देखिन्छ ।
उनको तस्बिरमा धेरैले प्रतिक्रिया दिएका छन् । कतिले प्रबलसँग नेपाल पर्यटन बोर्डले किन समन्वय गरेन भनेर प्रश्न सोधिरहेका छन् भने कतिले यी फोटोमार्फत प्रबल गुरुङका आउँदो कलेक्सनमा नयाँ डिजाइन देख्न पाइने हो कि भनेर सम्भावना व्यक्त गरेका छन् ।
फेसन डिजाइनर प्रबल गुरुङले नेपाललाई आफ्नो ठुलो प्रेरणा बताउने गर्छन् । अमेरिकी पूर्व फर्स्ट लेडी मिसेल ओबामा, अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिस, विभिन्न मोडल, सुपर मोडल, नायिकालगायत विभिन्न चर्चित व्यक्तित्वले प्रबल गुरुङको डिजाइन लगाएका छन् ।