प्रबल गुरुङको नेपाल यात्रा : चोभारको जलविनायक र दक्षिणकाली मन्दिर घुमघाम
नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यति बेला नेपाल भ्रमणमा छन् । उनले हालै चोभारको जलविनायक मन्दिर र दक्षिणकाली मन्दिर घुमाघाम गरेका छन् ।
उनले यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएका छन् ।
जलविनायक र दक्षिणकाली मन्दिरका तस्बिरहरू पोस्ट गर्दै उनले ‘बाचा’ भनेर क्याप्सन दिएका छन् ।
फेसन डिजाइनर प्रबल गुरुङले पोस्ट गरेका तस्बिरमा विभिन्न ढाँचा (प्याटर्न) हरु देख्न सकिन्छ । फेसन डिजाइनरको रूपमा उनले यहाँबाट पनि केही सिक्न खोजेको जस्तो देखिन्छ ।
उनको तस्बिरमा धेरैले प्रतिक्रिया दिएका छन् । कतिले प्रबलसँग नेपाल पर्यटन बोर्डले किन समन्वय गरेन भनेर प्रश्न सोधिरहेका छन् भने कतिले यी फोटोमार्फत प्रबल गुरुङका आउँदो कलेक्सनमा नयाँ डिजाइन देख्न पाइने हो कि भनेर सम्भावना व्यक्त गरेका छन् ।
फेसन डिजाइनर प्रबल गुरुङले नेपाललाई आफ्नो ठुलो प्रेरणा बताउने गर्छन् । अमेरिकी पूर्व फर्स्ट लेडी मिसेल ओबामा, अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिस, विभिन्न मोडल, सुपर मोडल, नायिकालगायत विभिन्न चर्चित व्यक्तित्वले प्रबल गुरुङको डिजाइन लगाएका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण