मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब बढेको छ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका हुन् । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका छन् ।
‘प्रधानमन्त्री भएको तीन महिना भयो । प्रधानमन्त्रीज्यू एक्लैले १६ मन्त्रालय लिएको पनि एक महिना भयो’ प्रधानमन्त्रीसँग मन्त्रीहरूले राखेको गुनासो सुनाउँदै प्रधानमन्त्रीका कार्यालयका एक सचिवालय सदस्यले भने,‘मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइराखेको छ । सरकारका काम कारबाही प्रभावकारी हुन सकेका छैनन् । अब मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला गर्नुहुन्न भन्ने छ ।’ प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने सवालमा भाका फेरेको भन्दै आलोचना हुन थालेपछि माओवादी मन्त्रीहरूले त्यसतर्फ सचेत पनि गराएका छन् ।
‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्नेमा निक्कै दबाबमा हुनुहुन्छ । रिक्त मन्त्रालयभन्दा बढी मन्त्री बनाउनुपर्छ भन्ने प्रेसर पनि छ’ उनले भने, ‘त्यसैले, शीर्ष नेता नेताहरूसँग लगालग भेटिरहनुभएको छ । भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता दिनुपर्छ भन्ने छ ।’ सत्ता साझेदार दलका नेताहरूले रिक्त मन्त्रालयभन्दा बढी दाबी गरेपछि समस्या आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण