बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब

बुधबार, १५ चैत २०७९, १३ : १४
बुधबार, १५ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब बढेको छ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका हुन् । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका छन् । 

‘प्रधानमन्त्री भएको तीन महिना भयो । प्रधानमन्त्रीज्यू एक्लैले १६ मन्त्रालय लिएको पनि एक महिना भयो’ प्रधानमन्त्रीसँग मन्त्रीहरूले राखेको गुनासो सुनाउँदै प्रधानमन्त्रीका कार्यालयका एक सचिवालय सदस्यले भने,‘मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइराखेको छ । सरकारका काम कारबाही प्रभावकारी हुन सकेका छैनन् । अब मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला गर्नुहुन्न भन्ने छ ।’ प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने सवालमा भाका फेरेको भन्दै आलोचना हुन थालेपछि माओवादी मन्त्रीहरूले त्यसतर्फ सचेत पनि गराएका छन् । 

‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्नेमा निक्कै दबाबमा हुनुहुन्छ । रिक्त मन्त्रालयभन्दा बढी मन्त्री बनाउनुपर्छ भन्ने प्रेसर पनि छ’  उनले भने, ‘त्यसैले, शीर्ष नेता नेताहरूसँग लगालग भेटिरहनुभएको छ । भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता दिनुपर्छ भन्ने छ ।’ सत्ता साझेदार दलका नेताहरूले रिक्त मन्त्रालयभन्दा बढी दाबी गरेपछि समस्या आएको उनले  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप