मन्त्रीमण्डल विस्तार : सबैले नाम दिए, आजै शपथ !
काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।
‘आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो’, जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुनः दुई बजे बस्ने गरी उठेका छौ ।’
उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए । ‘जजसको टुङ्गिएको छैन । उनीहरू दुई बजे आउने कुरा छ, उनीहरूलाई नाम दिन प्रधानमन्त्रीले भन्नुभएको छ’, श्रेष्ठको भनाइ छ ।
उनले सरकारमा सहभागी हुने पार्टीहरूले आन्तरिक छलफल गरेर नाम दिए बिहीबार साँझ मन्त्रीहरूको शपथ गर्ने तयारी रहेको पनि बताए । ‘पार्टीहरूलाई संस्थागत निर्णय गरेर छिटो नाम दिन भनिएको छ । सबै पार्टीले नाम दिनुभयो भने आज बेलुका शपथ ग्रहण हुन्छ’, श्रेष्ठले भने, ‘सङ्ख्यामा सहमति भए पनि कुन कुन मन्त्रालय भन्ने टुङ्गिएको छैन ।’
यसअघि हिजोको बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण