मन्त्रीमण्डल विस्तार : सबैले नाम दिए, आजै शपथ !

काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।
‘आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो’, जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुनः दुई बजे बस्ने गरी उठेका छौ ।’
उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए । ‘जजसको टुङ्गिएको छैन । उनीहरू दुई बजे आउने कुरा छ, उनीहरूलाई नाम दिन प्रधानमन्त्रीले भन्नुभएको छ’, श्रेष्ठको भनाइ छ ।
उनले सरकारमा सहभागी हुने पार्टीहरूले आन्तरिक छलफल गरेर नाम दिए बिहीबार साँझ मन्त्रीहरूको शपथ गर्ने तयारी रहेको पनि बताए । ‘पार्टीहरूलाई संस्थागत निर्णय गरेर छिटो नाम दिन भनिएको छ । सबै पार्टीले नाम दिनुभयो भने आज बेलुका शपथ ग्रहण हुन्छ’, श्रेष्ठले भने, ‘सङ्ख्यामा सहमति भए पनि कुन कुन मन्त्रालय भन्ने टुङ्गिएको छैन ।’
यसअघि हिजोको बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु