मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

कांग्रेसबाट कुन मन्त्रालयमा को ?

बिहीबार, १६ चैत २०७९, १८ : १३
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टुंगो लागेको कांग्रेस उच्च स्रोतले रातोपाटीलाई बताएको हो । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ । 

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, परराष्ट्र एनपी साउद, कानुनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, खेलकुदमा डिगबहादुर लिम्बु, शहरी विकासमा सीता गुरुङ, महिला तथा बालबालिका मन्त्रालयमा सुरेन्द्र आचार्यलाई बनाउने भएको छ । गठनबन्धनमा भएकाे सहमति अनुसार कांग्रेसले एक राज्यमन्त्री पाउने छ ।

कांग्रेसको उच्च स्रोतका अनुसार उपसभापति खड्काले रक्षा र नेता रमेश रिजाल उधाेग मन्त्रालय सम्हाल्ने सहमित भएकाे छ । उपप्रधानसहित रक्षा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् । सत्ता गठबन्धनमा कांग्रेसले ९ माओवादी केन्द्रले ६  (एक राज्यमन्त्री), एकीकृत समाजवादी ३ (एक राज्यमन्त्री), जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ । माओवादीले थप एक मन्त्री पाएकाे छ । माओवादीबाट यसअघि भौतिकमन्त्री बनेका नाराणकाजी श्रेष्ठलाई गृहमा सारिएकाे छ भने शक्तिबहादुर बस्नेतलाई उर्जा मन्त्रालयकाे जिम्मेवारी दिएकाे छ ।

माओवादीबाट सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती, सामान्य प्रशासनमा अमनलाल माेदी र पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपाली रहेका छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र कृषि मन्त्रालय पाएको छ । यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप