निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
बिहीबार, १६ चैत २०७९, १९ : १०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकले जारी गरेको सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल मेडिकल काउन्सिल ऐन,२०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४, को नियम २२ मा चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सक निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायीक र अनैतिक कार्य नगर्न सूचनामा उल्लेख गरिएको छ ।
चिकित्कसहरूले कुनै कार्य गरेको प्रमाणित भएमा कानुन अनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण