खप्तड गोल्डकप : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार फाइनलमा

धनगढी । सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
थ्री स्टारले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।
खेलको ३०औं मिनेटमा पहेँलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्री स्टार क्लब १० खेलाडीमा सीमित भएपनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।
बिक्रम लामाले ८३ औं मिनेटमा हेड मार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टिमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए ।
पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए । थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो। खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?
-
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’
-
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना
-
संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा
-
गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो : विजुक्छें
-
कामना सेवा बैंक कपिलवस्तुमा नक्कली धितो राखी ३७ लाख ऋण प्रवाह