बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् काठमाडौँ उपत्यकाको एसईई

तस्बिरमा हेर्नुहोस् काठमाडौँ उपत्यकाको एसईई

शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ ।  परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएको उनको भनाई छ । 

विद्यार्थीलाई कुनै डर त्रास नलिई ढुक्क भएर परीक्षा दिन उनले आग्रह गरे । परीक्षा केन्द्रमा परीक्षामा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएका प्रचलित कानुन अनुसार कारबाही हुने उनको भनाई छ । 

आजदेखि सुरु भएको परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।  हेर्नुहोस् काठमाडौं उपत्यकाका विभिन्न केन्द्रमा खिचिएका एसईई परीक्षार्थीहरुको तस्बिरहरु :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया