आईपीएलमा आज दुई खेल हुँदै
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो । योसँगै सिजनको पहिलो डबल हेडर आज खेलिनेछ । पहिलो खेल दिउँसो ३ः ४५ बजे शिखर धवनको पञ्जाब किंग्स (पीबीकेएस) र नितिश राणाको कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ । साँझ केएल राहुलको लखनऊ सुपरजायन्ट्स (एलएसजी) र डेभिड वार्नरको दिल्ली क्यापिटल्स (डीसी) बीच दोस्रो भिडन्त हुनेछ।
कोलकाता नाइट राइडर्स टोलीले प्रतियोगितामा २ पटक उपाधि जितेको छ । टोली १५ मध्ये ७ सिजनमा प्लेअफमा पुगेको छ र तीन पटक फाइनल खेलेको छ । गत सिजन भने टोलीले १४ खेलमध्ये ६ खेल मात्रै जित्न सकेको थियो । जसका कारण उनले ७ नम्बरमा रहेर प्रतियोगिता समाप्त गर्नु परेको थियो । पञ्जाब किंग्सको टोलीले प्रतियोगितामा एउटा पनि उपाधि जित्न सकेको छैन । टोली १५ सिजन मध्ये २ मा प्लेअफ पुगेको छ भने एक पटक मात्र फाइनल खेलेको छ । टोली २०१४ को फाइनलमा टोली केकेआरसँग पराजित भएको थियो। गत सिजन १४ खेलमध्ये ७ जितेर टोली छैटौँमा थियो।
उता डेभिड वार्नरले पहिलो पटक दिल्लीको कप्तानी गर्नेछन् । उनले आफ्नो कप्तानीमा हैदरबादलाई २०१६ मा च्याम्पियन बनाएका थिए। अर्कोतर्फ दिल्लीको टोलीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन । १५ सिजन मध्ये, टोली ६ पटक प्लेअफमा पुग्यो र एक पटक फाइनल खेल्यो। गत सिजन १४ मध्ये ७ खेलमा हार बेहोरेपछि टोलीले ५ नम्बरमा प्रतियोगिता समाप्त गरेको थियो । लखनऊ सुपरजायन्ट्सको मनोबल सिजनको पहिलो खेलमा नै उच्च हुनेछ। टोली आफ्नो डेब्यू सिजनमै प्लेअफमा पुग्यो, १४ खेलमध्ये ९ जितेर शीर्ष ४ मा रहन सफल भएको थियो । यसपटक निकोलस पूरनको आगमनसँगै टोली थप बलियो बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण