पहिचान र स्वाधीनताको रक्षार्थ युवा पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ : अध्यक्ष थापा
आइतबार, १९ चैत २०७९, १९ : ५०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म, संस्कृति, पहिचान र स्वाधीनताको रक्षार्थ युवा पुस्ता हस्तक्षेपकारी भूमिकामा देखिनु पर्ने बताएका छन् । उनले नयाँ पुस्ताले भ्रष्टाचार ,कुशासन र बेथितिमा मौनता साध्ने नहुने बताए ।
पार्टी निकट युवक संगठनको विस्तारित बैठकलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै थापाले राष्ट्रियता , प्रजातन्त्र , आर्थिक समृद्धि र सुशासनको निमित्त युवा पुस्ताले खबरदारी नगरे अथास्थितीवादी शक्ति हाबी हुने र मुलुकको ओरालो यात्रा निरन्तर जारी रहने टिप्पणी गरे ।
लाखौँ युवालाई विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य पार्ने राज्य संयन्त्र तिनै युवाहरूले पठाइदिएको रेमिट्यान्समा लडिबुडी गरिरहेको भन्दै थापाले राज्य सञ्चालकसँग मुलुक निर्माणको कुनै नवीन नीति, योजना, कार्यक्रम नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म