शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पका वकिलले भने, ‘अदालतमा सुनुवाइका लागि कम्मर कसिसक्यौँ’

सोमबार, २० चैत २०७९, १० : ०३
सोमबार, २० चैत २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार हुन लागेको अदालतको सुनुवाइका लागि ‘कम्मर कसिसकेको’ बताएका छन् । यो कुरा उनका वकिलले बताएका हुन् । 

सुनुवाइका लागि ट्रम्प सोमबार फ्लोरिडास्थित आफ्नो निवासबाट न्युयोर्क सहर पुग्ने अनुमान गरिएको छ । न्युयोर्कको ग्रान्ड जुरीले एक पोर्न स्टारलाई मुख बन्द राख्नका लागि ट्रम्पको तर्फबाट दिइएको पैसाको मामिलामा सुनुवाइ गर्नेछ ।

सुनुवाइपछि ट्रम्प फ्लोरिडा फिर्ता हुने र त्यसपछि आफ्नो समर्थकलाई सम्बोधन गर्नेछन् । ट्रम्पले आफूमाथि लागेको आरोपमाथि लगातार खण्डन गरिरहेका छन् ।

donald trump1उनका वकिल जो टाकोपिनाका अनुसार पूर्व राष्ट्रपतिविरुद्ध लागिरहेको कुनै पनि आरोपमाथि निकै बलियोसँग प्रतिस्पर्धा गरिनेछ ।

आइतबार अमेरिकी च्यानल एबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भने, ‘ट्रम्प ती व्यक्ति हुन् जो यो लडाइँका लागि पूर्ण रूपमा तयार हुनेछन् । हामी यो लडाइँका लागि तयार छौँ र उनलाई यो मुद्दाबाट छिटोभन्दा छिटो मुक्त गर्नका लागि उत्सुक छु ।’

मिडिया रिपोर्टका अनुसार यो मुद्दा व्यापारिक ठगीसँग सम्बन्धित छ । आरोपका अनुसार सन् २०१६ मा ट्रम्पको तर्फबाट पोर्न स्टार स्टोर्मी डेनियल्सलाई ट्रम्पसँगको सम्बन्धबारे चुप लाग्ने सर्तमा एक लाख ३० हजार डलर दिइएको थियो । यो मामिलामा ट्रम्पमाथि ३० वटा  आरोप लगाइएको छ ।

उनी विरुद्ध जुन आरोप लगाइएको छ, ती सबै सिलबन्दी छन् । मङ्गलवार अदालती प्रक्रियाका बेला नै यसलाई औपचारिक रूपमा अदालतमा पेश गरिनेछ ।

कानुन प्रवर्तन अधिकारीले बीबीसीको अमेरिकी पार्टनर च्यानल सिबिएस न्युजसँगको कुराकानीमा ट्रम्पलाई न्युयोर्क जाने बाटोमा अमेरिकाका गुप्तचर सेवाका सदस्यको तर्फबाट सुरक्षा प्रदान गरिने जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप