शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा

सोमबार, २० चैत २०७९, १० : ५४
सोमबार, २० चैत २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् । उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् ।

उनले प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने बताइन् । उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रश्तुत गर्ने तयारी गरिरहेको बताइन् ।  मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इनटरनेटको पहुँच बिस्तार गर्न नसकेको बताइन् । 

उनले भनिन्, ‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पु¥याउन खेज्दैछौँ । हामीले भनेका छाँै, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौँ । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ । हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरु जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा हामी कानूनी रुपमा अघि बढ्न खोज्दैछाँै । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ ।’ 

मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रशरण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप