दोहोरो अंकले घट्यो नेप्से, कारोबार ९२ करोडमा झर्यो
सोमबार, २० चैत २०७९, १५ : ३१
काठमाडौँ । दोस्रो दिन पनि नेप्से सूचक ऋणात्मक हुन पुगेको छ । अघिल्लो दिन २० अंकले घट्दै १८ सय ८८ अंकको विन्दुमा रोकिएको नेप्से सूचक आज थप १६.६७ अंकले घट्दै १८ सय ७१.८८ अंकको विन्दुमा झर्न पुगेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले घट्दै ३५२.७१ अंकमा झर्न पुगेको छ ।
यस्तै, १६ अंकमाथिले नेप्से घटेको यस दिन कारोबार रकम समेत ९२ करोड २ लाख ४९ हजार रुपैयाँ झर्न पुगेको छ । अघिल्लो दिन २० अंकले घटेको बजारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको थियो ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । आज पनि कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डेभेन्चरको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण