सेयर बजारमा सामान्य गिरावट, कारोबार ९१ करोडमा सिमित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेपनि १२ बजेदेखि बढ्न सुरु गरेको थियो । तर, अन्तिम समयमा पुनः बजार ओरालो लाग्दै ५.२० अंकको गिरावटमा बन्द भएको हो ।
०.२८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १८६६ अंकमा आइपुगेको छ । यसक्रममा आज ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेपनि आज ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।
आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने सानिमा ग्रोथ फण्डको सेयर मूल्य ८.९३ प्रतिशतले बढेको छ । यसबाहेक प्रभु बैंक डिबेञ्चर २०८७ को मूल्य ९.२९ प्रतिशतले खुम्चिएको छ ।
बजार सामान्य अंकले घटेपनि आज ६ समूहमा भने सुधार आएको छ । आज विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत, लघुवित्त, म्यूचुअल फण्ड र व्यापार समूहको सूचक बढेको छ । यसबाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण