बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण पुष्टि भए आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

मङ्गलबार, २१ चैत २०७९, १९ : ५३
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको लक्षण देखिने बित्तिकै परीक्षण गराई सङ्क्रमण पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो । 

पानीमा भिजेको, चिसो खाएको र धुलोमा गएको भनेर बहाना नबनाउन आग्रह गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गरी पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो । 

पछिल्लो २४ घण्टामा देशभर ८० जनामा नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप