आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तयारी नपुगेको भन्दै माओवादी बैठकमा भएन बजेटबारे छलफल, प्रचण्डले दिए ‘होमवर्क’

बुधबार, २२ चैत २०७९, १७ : ५९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने भनिएपनि त्यसबारे छलफल हुन सकेन । तयारी नपुगेको भन्दै पदाधिकारी बैठकमा बजेटबारे छलफल नभएको हो ।

माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले अर्को बैठकमा मात्रै बजेटबारे छलफल हुने तय भएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा तयारी नपुगेकाले छलफल हुन नसकेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट कस्तो ल्याउने र कस्ता योजनाहरुलाई समेट्ने भन्नेबारे नेताहरुको थप होमवर्क देखिएको भन्दै अर्को बैठकमा मात्रै छलफल हुने बताएका थिए ।

‘मिटिङमा तयारी पुगेन । समेट्नुपर्ने नीति र योजनाहरुबारे कमरेडहरु होमवर्क गर्नुस् । त्यसपछि अर्को बैठकमा छलफल गरौँला’, प्रचण्डले बैठकमा भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप