तयारी नपुगेको भन्दै माओवादी बैठकमा भएन बजेटबारे छलफल, प्रचण्डले दिए ‘होमवर्क’
बुधबार, २२ चैत २०७९, १७ : ५९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने भनिएपनि त्यसबारे छलफल हुन सकेन । तयारी नपुगेको भन्दै पदाधिकारी बैठकमा बजेटबारे छलफल नभएको हो ।
माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले अर्को बैठकमा मात्रै बजेटबारे छलफल हुने तय भएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा तयारी नपुगेकाले छलफल हुन नसकेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट कस्तो ल्याउने र कस्ता योजनाहरुलाई समेट्ने भन्नेबारे नेताहरुको थप होमवर्क देखिएको भन्दै अर्को बैठकमा मात्रै छलफल हुने बताएका थिए ।
‘मिटिङमा तयारी पुगेन । समेट्नुपर्ने नीति र योजनाहरुबारे कमरेडहरु होमवर्क गर्नुस् । त्यसपछि अर्को बैठकमा छलफल गरौँला’, प्रचण्डले बैठकमा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण