प्रचण्डले भने– कोशी प्रदेशमा पार्टीबाट गल्ती भयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका हुन् ।
नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्नेगरी बैठकमा छलफल भएको जानकारी दिए । ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ । यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ’, बैठकपछि पोखरेलले भने ।
कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ। माओवादीले समेत पहिचान पक्षधरहरुको विरोधका बीच कोशीमा समर्थन जनाएको थियो । यद्यपि पार्टी प्रदेश कमिटिले यतिबेला भने दोहोरो नीति लिँदै आएको छ । यस्तै बैठकमा प्रचण्डले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले पहलकदमी लिएको समेत जानकारी गराएका थिए । जसअनुसार सरकारले मन्त्रिपरिषदबाट आयोग गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण