आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ : भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास हुन्छ

न्युनतम साझा कार्यक्रम पनि भोलि नै सार्वजनिक गरिने
बुधबार, २२ चैत २०७९, १७ : ३९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन् । बुधबार बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताए ।

बैठकपछि नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको जानकारी दिँदै त्यसपछि सरकारले नतिजा निकाल्ने गरी काम गर्ने बताए । उनका अनुसार सरकारले अब पूर्णता नै पाउने प्रचण्डले बैठकलाई जानकारी गराएका थिए ।

कांग्रेसभित्र भागबण्डाको विषयमा विवाद हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा प्रचण्डले सबै विषय मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन् । यस्तै प्रचण्डले भोलि नै साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक हुने बैठकमा बताएका छन् । न्युनतम साझा कार्यक्रममा केही विषय मिलाउन बाँकी रहेको र त्यसलाइ मिलाएर भोलि नै अन्तिम रुप दिइने प्रचण्डको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप