पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ : भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन् । बुधबार बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताए ।
बैठकपछि नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको जानकारी दिँदै त्यसपछि सरकारले नतिजा निकाल्ने गरी काम गर्ने बताए । उनका अनुसार सरकारले अब पूर्णता नै पाउने प्रचण्डले बैठकलाई जानकारी गराएका थिए ।
कांग्रेसभित्र भागबण्डाको विषयमा विवाद हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्था छ । यस्तो अवस्थामा प्रचण्डले सबै विषय मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन् । यस्तै प्रचण्डले भोलि नै साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक हुने बैठकमा बताएका छन् । न्युनतम साझा कार्यक्रममा केही विषय मिलाउन बाँकी रहेको र त्यसलाइ मिलाएर भोलि नै अन्तिम रुप दिइने प्रचण्डको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण