बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय र प्रदेशमा स्वयंसेविका समिति गठन गरिँदै

बुधबार, २२ चैत २०७९, १८ : ५५
बुधबार, २२ चैत २०७९

 काठमाडौँ । प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गरिने भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले समिति गठनका लागि स्वास्थ्य कार्यालयलाई जिल्लाका स्थानीय तह तथा स्वास्थ्य संस्थाको विवरण एकमुष्ट पठाउन आग्रह गरेको हो । 

यस्तै, प्रदेश स्वास्थ्य/सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, स्थानीय तह र मातहतको स्वास्थ्य संस्थामा समेत राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सन तोकी   [email protected] मा विवरण पडाउन आग्रह गरिएको छ । 

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६) को अनुसूची ४ र ५ ले व्यवस्था गरे अनुसार प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समितिको गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप