स्थानीय र प्रदेशमा स्वयंसेविका समिति गठन गरिँदै
काठमाडौँ । प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य समन्वय महाशाखाले समिति गठनका लागि स्वास्थ्य कार्यालयलाई जिल्लाका स्थानीय तह तथा स्वास्थ्य संस्थाको विवरण एकमुष्ट पठाउन आग्रह गरेको हो ।
यस्तै, प्रदेश स्वास्थ्य/सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, स्थानीय तह र मातहतको स्वास्थ्य संस्थामा समेत राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सन तोकी [email protected] मा विवरण पडाउन आग्रह गरिएको छ ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन २०७६) को अनुसूची ४ र ५ ले व्यवस्था गरे अनुसार प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समितिको गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण