भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्याउन सांसद छिरिङको माग
बिहीबार, २३ चैत २०७९, १९ : ५१
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेकी छन् ।
बिहीबार संसद्को विशेष समयमा बोल्दै सांसद तामाङले कतिपय विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत नभएका भन्दै भ्युटावरका लागि बजेट नदिन माग गरिन् ।
'कतिपय जिल्लामा अझैपनि सदरमुकाम जोड्ने बाटो नभएको र कतिपय ट्रयाक खुलेपनि सडक राम्रो नभएका कारण मानवीय क्षतिसमेत भएका छन्' सांसद तामाङले भनिन्, 'यस्तो अवस्थामा गाउँपालिका र सदरमुकाममा पुग्ने भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ ।'
सांसद तामाङले मुगु जिल्लामा सडक र स्वास्थ्यको सहज पहुँच पुर्याउन पनि सरकारसँग माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण