बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार, २३ चैत २०७९, २० : ३९
बिहीबार, २३ चैत २०७९

सप्तरी । बोदेवरसाइन नगरपालिका २ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मोटरसाइकल दुर्घटनामा परेर बोदेवरसाइन नगरपालिका– ५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो । 

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको बा १७प९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सागर पण्डित र १५ वार्षीय सुमित पण्डित घाइते भएका थिए । 

उनीहरुलाई तत्काल वरसाइन स्थित जीवनज्योति अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाइकल चालक सागरको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप