इटहरीबासीको शिर निहुरिन दिन्नँ : मेयर पौडेल
शुक्रबार, २४ चैत २०७९, ०८ : २८
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीबासीको शिर निहुरिन नदिने बताएका छन् । बिहीबार एक कार्यक्रममा मेयर पौडेलले अपेक्षा गरेभन्दा राम्रो काम गरेर निस्किने बताए । ‘इटहरीबासीमाथि भ्रम छर्ने काम भएको छ । 'नगरबासीमाथि सधैंभरी ऋणी छु, तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो काम गरेर निस्किन्छु । कसैको शिर निहुरिन दिन्नँ,’ उनले भने ।
विधि, प्रक्रिया र नियम अनुसार आफूले काम गरिरहेको उनको भनाइ छ । ‘मानिसको प्रतिष्ठाको ख्याल गर्नुपर्छ, एक इन्च पनि विधि, प्रक्रिया र नियम मिछेको छैन । नियम, ऐन मिचेर दस जना सचिवालयमा राखेको पुष्टि गरि दिनुहोस्, जस्तोसुकै कारबाही भोग्न पनि तयार छु,’ उनले भने ।
स्थानीय सरकारले स्थानीय आवश्यकताको पहिचान अनुसार सोही अनुसारको जनशक्ति र विज्ञ राख्न सक्ने पौडेलले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण