संसदमा सुमनाको कटाक्ष : नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यू !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै कटाक्ष गरेकी छन् । ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यु’, संसद बैठकमा शुक्रबार उनले कटाक्ष गर्दै बोल्न सुरु गरिन् ।
उनले सांसदहरु बैठक छाडेर क्यान्टिरतिर लागेको भन्दै उनले सहकर्मीहरुलाई पनि कटाक्ष गरिन् । ‘यता उपस्थित हुनुभएका मान्यज्यूहरु, लबि, स्काइ हल र क्यान्टिनमा हुनुभएका सांसदज्यूहरुमा म १० औँला जोडेर नमस्कार टक्र्याँदछु’, संसदमा उनले भनिन् ।
त्यसपछि उनले आफ्नो विषयवस्तु राखिन् । सो क्रममा अभिलेखीकरणको महत्व कतिपयले नबुझेको उल्लेख गर्दै त्यसबारे स्पष्ट पारिनुपर्ने बताइन् । उनले कार्यक्षेत्र स्पष्ट भएमा यसबारे काम गर्न सहज हुने भन्दै अभिलेख राख्ने प्रक्रिया पनि चुस्त दुरुस्त हुनुपर्ने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण