पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल मंगलबारदेखि
काठमाडौँ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
स्वर्गीय नेता बोगटीको सम्झनामा चैत २८ देखि वैशाख २ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले भाग लिने बताइएको छ ।
६ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रतिष्ठानका महासचिव निर्मल आचार्यले आठ वर्षअघि दिवंगत भएका नेता बोगटीको योगदानलाई संस्थागत गर्दै त्यस अनुसार सामाजिक कार्यहरु गर्न २०७२ सालमा कृष्णबहादुर महराको अध्यक्षतामा प्रतिष्ठान गठन भएको जानकारी दिए ।
उनले यसै उद्देश्यअनुरुप भलिबल प्रतिगोयताको आयोजना गर्न लागेको बताए । आचार्यका अनुसार यस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपियाँ प्रदान गर्ने र अपुग रकम अन्य स्रोतबाट संकलन गरिनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टिमले एक लाख तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले ५० हजार रुपियाँ प्राप्त गर्ने छन् । यसैगरी, विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई जनही दस हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलतर्फ पहिलो श्रृंखलामै उल्लेख्य राशीको पुरस्कार राखेकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीकृष्ण अधिकारीले सादगी नेता बोगटीलाई नयाँ पुस्तामाझ चिनाउन खेल आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण