सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा ११ जना पक्राउ

आइतबार, २६ चैत २०७९, १५ : ०४
आइतबार, २६ चैत २०७९

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दीपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी टोखा नगरपालिका-७ धपासीस्थित कविता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसमेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार रुपैयाँ  र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप