सांसद सुवालको प्रश्न : सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो ?
सोमबार, २७ चैत २०७९, १४ : ४६

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको भन्दै प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने बताए ।
पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको सांसद सुवालले सुनाए । ‘सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक भयो । मन्त्री पद भ्रष्टाचार गर्ने पद हो भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको छ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन रु,’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा कर थपिएकोमा सुनचाँदी व्यवसायीको आपत्ति
-
प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास
-
दीपशिखाको आग्रह- नारायणहिटीका भूतलाई लखेट्न एकजुट हौँ
-
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी