सांसद सुवालको प्रश्न : सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो ?
सोमबार, २७ चैत २०७९, १४ : ४६
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको भन्दै प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने बताए ।
पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको सांसद सुवालले सुनाए । ‘सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक भयो । मन्त्री पद भ्रष्टाचार गर्ने पद हो भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको छ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन रु,’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, राष्ट्रिय प्राथमिकताका विषयमा छलफल हुने
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण