६६ वर्षसम्म सडक सम्पन्न भएन, स्रोत सुनिश्चित गरियोस् : सांसद जबरा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले ९१ किलोमिटर सडक करिब ६६ वर्ष पुग्दासम्म पनि सम्पन्न नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद जबराले सडककै केही खण्डको भने मुआब्जा नै वितरण नभएको बताए ।
‘सातदोबाटो ललितपुरदेखि हेटौंडा जोडिने ९१ किलोमिटर कान्ति लोकपथ विक्रम संवत् २०१३ मा निर्माण सुरु भएको आजको दिनसम्म अधुरो छ । योजना आयोगमार्फत सबै प्रक्रिया पूरा गरेर एक खण्ड पिच गर्नका निम्ति स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयमा फाइल तीन महिना भयो त्यहाँ नै घुमिरहेको छ,’ उनले भने ।
सरकारसँग स्रोत सुनिश्चित गर्न र निर्माण सम्पन्न गर्न माग गरे । उनले कान्ति लोकपथ फराकिलो पार्न पनि आग्रह गरे । त्यस्तै, सातदोबाटो, सुनाकोठी, ठेचो, चापागाउँ सडक निर्माणका लागि मुआब्जाको माग गरिएको तर तीन वर्ष पुग्दासम्म काम नभएको उनको भनाइ छ ।
‘अर्थ मन्त्रालयलाई छिटोभन्दा छिटो स्रोत जुटाइदिन माग गर्दछु । सातदोबाटो, हरिसिद्धि, ठैव, गोदावरी खण्डमा पनि बाटो ठूलो बनाइसकेको छ,’ उनले भने, ‘अरु खण्ड पनि फराकिलो बनाउन मुआब्जाको माग गरेको तीन वर्ष भइसकेको छ । मुआब्जा दिन अर्थ मन्त्रालयलाई आग्रह गर्छु ।’
सडक निर्माण कार्य सुरु भइसक्दा पनि सोही सडकको कतिपय खण्डको भने मुआब्जासम्म वितरण नभएको भन्दै सांसद जबराले अर्थ मन्त्रालयसँग स्रोतको माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण