शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ

सोमबार, २७ चैत २०७९, १६ : ५३
सोमबार, २७ चैत २०७९

काठमाडौँ ।  सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने २० वर्षीय  युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  झापा गाउँपालिका वडा नं ६ स्थायी घर भएका कादिर मोमिन रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेखी उक्त तस्बिर र भिडियोहरू पोस्ट गर्नुको साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोस्ट गरी दुःख दिने गरेका थिए । मोमिनलाई चैत २४ गते झापाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप