सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
सोमबार, २७ चैत २०७९, १६ : ५३
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं ६ स्थायी घर भएका कादिर मोमिन रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिला मानिसको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेखी उक्त तस्बिर र भिडियोहरू पोस्ट गर्नुको साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोस्ट गरी दुःख दिने गरेका थिए । मोमिनलाई चैत २४ गते झापाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण