शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको चुनाव : मतदाता रुझाउँदै उम्मेदवार, जिल्लानगरका प्रतिनिधि प्राथमिकतामा

सोमबार, २७ चैत २०७९, २१ : ०३
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेद्वारहरु मतदाता रुझाउन कसिएका छन् । सोमबार साँझसम्म देशभरबाट सबै मतदाता काठमाडौँमा जम्मा भइसकेका छन् । 

यसअघि, काठमाडौँमा जिल्ला र वस्तुगतको केही मतदाता मात्रै उपस्थित थिए ।

चैत २९ गते हुने चुनावका लागि सबै मतदाता काठमाडौँ ओर्लिएपछि उम्मेद्वारहरु रुझाउनतर्फ लागेका छन् । महासंघको साधारण सभा भोलि मंगलबार बिहान १० बजेदेखि काठमाडौँको याक एण्ड येती होटलमा छ । उक्त सभामा सहभागी बन्नकै लागि पनि सबै उम्मेदवार काठमाडौँ आइसकेका छन् ।

वरिष्ठ उपाध्यक्षको पदका लागि ३ जना व्यवसायी भिडन्तमा छन् । अन्जान श्रेष्ठ, उमेशलाल प्रधान र रामचन्द्र संघई आपसी भिडन्तमा छन् । तीनै जना उम्मेदवारले आइतबार काठमाडौँका विभिन्न होटलमा चुनाव लक्षित कार्यक्रम आयोजना गरेका थिए ।

अन्जान श्रेष्ठले ताहाचालको सोल्टी होटलमा कार्यक्रम राखेका थिए । यो जानकारी पाउनसाथ संघईले दरबारमार्गको याक एण्ड येती होटलमा र उमेशलाल श्रेष्ठले हात्तिसारको बुटिक होटलमा भेटघाट कार्यक्रम राखेका थिए ।

यस्तै, सोमबार अन्जान श्रेष्ठको चुनावी भेटघाट कार्यक्रम लाजिम्पाटको र्याडिसन होटलमा छ भने उमेशलालको बुटिक होटलमै छ । संघईले भने लैनचोरस्थित आफ्नै चुनावी कार्यालयमा भेटघाटको कार्यक्रम तय गरेका छन् ।

यसबाहेक अन्जान श्रेष्ठले नक्सालस्थिती आफ्नै समूहको भवनलाई चुनावी कार्यालय बनाएका छन् भने उमेशलाल श्रेष्ठले नयाँ बानेश्वरको आनन्दभूमि ब्यान्क्वेटमा चुनावी कार्यालय राखेका छन् । चुनाव नजिकिँदै जाँदा सबै उम्मेद्वारहरुले जिल्लाबाट आएका मतदातालाई रिझाउन हरसम्वत कोसिस गरेका छन् ।

सबै उम्मेदवार जिल्लाबाट आएका मतदातासँग ‘वान टू वान’ वार्ता गरिरहेका छन् । तीन जना उम्मेदवार रहेकाले महासंघको यो निर्वाचनमा पहिलो चरणमा परिणाम नआउने आकलन गरिएको छ । उम्मेदवारले चुनाव जित्न कम्तीमा ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप