पीएन क्याम्पसको स्ववियु निर्वाचन वैशाख ३ गते हुने
पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएको छ । लामो समयदेखि क्याम्पसमा जारी तालाबन्दी र अदालतमा पुगेको रिट निवेदन फिर्ता भएसँगै चुनावी हुने निश्चित भएको हो ।
क्याम्पसको निर्वाचन समितिको सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै चुनावी माहोल गर्माएको छ । निर्वाचन समितिले चैत २९ गते मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ । यसअघि निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला तोडेर प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको थियो । स्थिगित निर्वाचन गर्ने क्याम्पस प्रशासन र विद्यार्थी समूहबीच सहमति भएको हो ।
फागुन १९ गते सम्पूर्ण प्रक्रिया पूरा गरी स्ववियु निर्वाचन कार्यालय पृथ्वीनारायण क्याम्पसमा दर्ता भएको विद्यार्थी समूहको नाम प्रकाशन नभएपछि असन्तुष्ट समूह उच्च अदालत पोखरा पुगेको थियो । देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची थियो । तर, निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन । त्यसपछि उच्च अदालत पोखराले फागुन २८ गते तत्कालका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि निर्वाचन गतिविधि शून्यजस्तै भएको थियो ।
फागुन २६ गते स्वतन्त्र विद्यार्थी समूहले आफूहरूले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिट दायर गर्यो । अदालतले अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सोसम्मका लागि निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर, अन्तिम फैसला अगाबै क्याम्पस प्रशासन, विद्यार्थी समूह, असन्तुष्ट पक्षबिच सहमति जुटेपछि चुनाव हुने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण