फिजीको मुख्य टापुमा पानीको सङ्कट
सुभा । फिजीवासीहरूले प्राय: वर्षाको मौसममा शुष्कताका कारण भिटी लेभुको मुख्य टापुमा पानीको सङ्कटको सामना गर्ने गर्दछन् । लमी-सुवा किनारमा बसोबास गर्ने स्थानीयहरूलाई पानीको प्रयोगमा कडाइ गरिएको सूचना जारी गरिएको छ ।
पानीको अत्यावश्यक प्रयोग बाहेक कारहरू धुन र अन्य विलासिताका सामानका सरसफाइमा पानीको प्रयोगमा मितव्ययी हुन आग्रह गरिएको छ ।
पानी विभागका प्रमुख कार्यकारी अमित चाननले मङ्गलबार पूर्वाधार समस्याका कारण दैनिक ३० लाख लिटर पानीको माग र आपूर्ति बीचको तालमेल पूरा गर्न नसकिएको बताएका छन् ।
गत फागुन १ गतेदेखिको मौसमी अवस्थाले अवस्था निकै बिग्रिएको भन्दै उनले अहिले सुख्खा मौसमका कारण ७० लाख लिटर पानीको अन्तर रहेको र नदीको बहाव घट्ने हो भने पानीको आपूर्ति अझै घट्ने बताएका छन् ।
त्यो खाडल अझ ठूलो हुनेछ । प्रक्षेपण न्यून बहाव जारी रहेमा अन्तर थपिने र आपूर्ति प्रणाली सञ्चालन गर्न समेत कठिन हुने उनले चेतावनी दिएका छन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण