महासङ्घको चुनाव - मत माग्न उम्मेदवारको अनेक प्रयत्न, पानीको बोतल बाँड्दै भोट माग्दै
बुधबार, २९ चैत २०७९, १२ : २५
काठमाडौँ । आज बिहान साढे १० बजेदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावमा मत माग्न उम्मेदवारहरूले अनेक प्रयत्न गरेका छन् । चुनावमा उठेका उम्मेदवारहरूले मतदातालाई आफ्नो नाम सम्झाउन पानीको बोतलमा आफ्नो नाम समेत छापेर ल्याएका छन् ।
आफ्ना साथीभाइलाई खटाएर आफ्नो पक्षमा मत माग्न लालायित उम्मेदवारहरुले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो नै छापेर मतदातालाई आफ्नो नाम सम्झाउने प्रयास गरिरहेका हुन् । जसमध्ये अन्जान श्रेष्ठ क्याम्पमा रहेका अरुण सुमार्गीले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो छापेका छन् ।
यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारहरूले समेत यही उपाय अपनाएका छन् । उनीहरुले पनि मिनिरल वाटरको बोतलमा आफ्नो नाम छपाएर वितरण गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण