महासङ्घको चुनाव - मत माग्न उम्मेदवारको अनेक प्रयत्न, पानीको बोतल बाँड्दै भोट माग्दै
बुधबार, २९ चैत २०७९, १२ : २५

काठमाडौँ । आज बिहान साढे १० बजेदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावमा मत माग्न उम्मेदवारहरूले अनेक प्रयत्न गरेका छन् । चुनावमा उठेका उम्मेदवारहरूले मतदातालाई आफ्नो नाम सम्झाउन पानीको बोतलमा आफ्नो नाम समेत छापेर ल्याएका छन् ।
आफ्ना साथीभाइलाई खटाएर आफ्नो पक्षमा मत माग्न लालायित उम्मेदवारहरुले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो नै छापेर मतदातालाई आफ्नो नाम सम्झाउने प्रयास गरिरहेका हुन् । जसमध्ये अन्जान श्रेष्ठ क्याम्पमा रहेका अरुण सुमार्गीले मिनिरल वाटरको बोतलमा आफ्नो फोटो छापेका छन् ।
यस्तै, केन्द्रीय सदस्यका उम्मेदवारहरूले समेत यही उपाय अपनाएका छन् । उनीहरुले पनि मिनिरल वाटरको बोतलमा आफ्नो नाम छपाएर वितरण गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा